ब्लु हेभेन एकेडेमीमा चोरी

0
18

बीरगंज, पौष १८,

पर्सा जिल्लाको धोबिनी गाउ“पालिका वडा नं. ४ मा रहेको लङ्गडी चौकमा ब्लु हेभेन एकेडेमी स्कूलमा गए राति (बिहिबार राति) चोरी भएको छ ।

राती जाडो बढेको मौका छोपी स्कूलमा कोइ नभएको बेला अज्ञात समूहद्वारा स्कूलको कार्यालयको ताला हेक्सो ब्लेडले काटेर चोरी गरेका छन् ।

कार्यालयमा रहेको २ थान सिपीयू, तीन थान मोनिटर, एक थान एलइडी बती र सिसि टिभी फोडी त्यसको सम्पूर्ण तार र डाटा स्टोर हने हार्ड डिस्क गरी लगभग दुई लाख बराबरको सामान चोरेको घटना विद्य्यालयको प्रध्यानाध्यापक सुदील प्रसाद पटेलले जानकारी गराएका छन् ।

विद्य्यालयको समयमा बिहान कार्यालय आउ“दा कार्यालयको ताल्चा हेक्सो ब्लेडले काटेको दृष्य देखेर पटेलले प्रहरी चौकी लङ्गडीमा खबर गरेपछी ९ बजे तिर प्रहरी घटना स्थलमा पुगेर घटनाको छानबिन शुरु गरेको छ । समाचार तयार गर्दा सम्म कुनै तथ्य खुलेको छैन् ।

घटनाको छानबिन भइरहेको लङ्गडी इलाका प्रहरी कार्यालयका प्रनानी बसन्त थापाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here